नक्कली भुटानी शरणार्थी प्रकरण : ‘दुई जना बाहेक सबै पुर्पक्षका लागि कारागार पठाउन आदेश’

शुक्रबार, १ असार २०८०

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित दुई जनाबाहेक सबैलाई पुर्पक्षका लागिथुनामा पठाउँन आदेश दिएको छ । न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंक गुरुङबाहेक सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

एक साता भन्दा लामो वहस र सुनुवाईपछि नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित पुर्पक्षमा पठाउने आदेश भएको हो ।

लक्ष्मी महर्जन र टंक गुरुङबाहेक सबैलाई पुर्पक्षमा पठाउन अदालतले आदेश दिएको हो ।महर्जनसँग अदालतले ५ लाख धरौटी मागेको छ भने गुरुङसँग १० लाख धरौटी मागेको छ । बाँकीको धरौटी माग समेत अश्वीकार भएको छ ।