जनता नै नरहे हामी कसरी राजनीति गर्ने?- अब्दुल खान
काठमाडौं—सांसद अब्दुल खानले नागरिकता नपाएर आत्महत्या गर्नेहरूको संख्या बढेको भन्दै “जनता नरहे हामी कसरी राजनीति गर्ने? भनेर प्रश्न गरेका छन् ।
आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै यस्तो बताएका हुन् । खानले दलभन्दा पनि माथि उठेर नागरिकताको विषयमा गम्भीर बन्न माग गरे । “असार १ गते सुनसरी जिल्लामा हरिनारायण मण्डलले आत्महत्या गरे २ गते मोरङमा निरजकुमार झाले बाबुआमाको नागरिकता हुँदा पनि नागरिकता नपाएर आत्महत्या गरे,” उनले भने, “जनता नरहे हामी कसरी राजनीति गर्ने रु त्यसकारण दलभन्दा मागि उठेर काम गरौँ ।”