अर्थमन्त्रीलाई बैंक ब्याजदर घटाउन र कर्जा प्रवाह बढाउन मेटमणिको आग्रह
काठमाडौं— नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बैंक ब्याजदर घटाउन र कर्जा प्रवाह बढाउन आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले बैंकको ब्याजदर नघटाए अहिलेको गम्भीर आर्थिक संकट सुधार नआउने बताए । उनले भने, ‘हामीसँग निक्षेप बढेको छ भन्ने कुरा गरिरहेका छौं। तर, कर्जा प्रवाह कम भइरहेको छ । लगानीको वातावरण बन्न सकेको छैन। थोरै ब्याजदर बनाउन सकिरहेका छैनौं । बैंक ब्याजदर घटाउन नसके नेपालको फाईनान्सियल सेक्टरलाई हराभरा बनाउनै सकिँदैन ।’
उनले वैदेशिक रोजगारीमा गएकाहरुका विषयमा पनि सरकारले चासो राख्नुपर्ने बताए । उनले भने, ‘उहाहरुको आम्दानी राम्रो छैन । तर रेमिट्यान्स पठाइराख्नु भएको छ। यो विषयमा पनि ध्यान दिनुपर्छ । नेपालका योङ्गहरुलाई क्वालीफाइड बनाएर हामीले विदेशमा पठाउँ । कुनै पनि नेपाली विदेश नजाउँ यदि डिक्लियर गर्ने होइन भने हामीसँग जे स्रोत र साधन छ त्यो नै विक्रि गर्ने हो ।’ उनले युवाहरुलाई सीप सिकाउन आवश्यक भएको बताए ।