कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि हट्दैनः ओली
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने स्पष्ट पारेका छन् ।
संसद भवन बानेश्वरमा आइतबार सञ्चारकर्मीसँग सक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । कोशीको नामकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सवै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ । अध्यक्ष ओलीले ललिता निवास प्रकरणका विषयमा भने राम्रोसँग बुझ्न नपाएको तर्क गरे ।