प्रधानमन्त्रीको अभिव्यक्ति सार्वभौमसम्पन्न स्वाभिमानी नेपालीका लागि आपत्तिजनकः इन्दिरादेवी गौतम

मंगलबार, १९ असार २०८०

काठमाडौं— राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्र, सार्वभौमसम्पन्न स्वाभिमानी नेपालीका लागि आपत्तिजनक रहेको बताएकी छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डको जवाफ माग गरेकी हुन् ।

आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली गएको भनी व्यक्तिविशेषलाई इंगित गरी दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच आउने भन्दै उनले प्रधानमन्त्रीले बैठकमा आएर जवाफ दिनुपर्ने माग गरिन् । मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई जोगाउन धेरै नेपालीले जीवन आहुती दिएको कुरा प्रधानमन्त्रीले बुझ्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्रीले सदनमार्फत आफ्ना भनाइ फिर्ता लिनुपर्नेमा उनले जोड दिइन् ।