प्रधानमन्त्रीको अभिव्यक्ति शोभनीय नभएको गगन थापाको टिप्पणी

बिहिबार, २१ असार २०८०

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीको अभिव्यक्ति शोभनीय नभएको टिप्पणी गरेका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरुको भेलापछि पत्रकारसित कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति शोभनीय नभएको टिप्पणी गरेका हुन् । थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले सबैले अफ्ठ्यारो महशुस गरेको बताए ।

पुस्तक विमोचनका क्रममा प्रचण्डद्वारा अभिव्यक्त गरेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको थापाले बताए ।

असार १८ गतेको कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए । उनको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले विरोध गर्दै आएका छन् ।