दबाबले होइन थोरैपनि नैतिकता भन्ने चिज भए राजीनामा दिनुहोस्ः राजेन्द्र लिङ्देन
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा थोरैपनि नैतिकता भन्ने चिज भए राजीनामा दिन आग्रह गरेका छन् ।
उनले भने, ‘तपाईंमा नैतिकता भन्ने चिज अलिकति भए राजीनामा दिनुपर्छ। यो दबाबले मागिने कुरा होइन ।’ उनले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आफूहरुलाई बोल्न नदिएकोप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुखलाई आफ्नो विचार राख्न किन समय नदिएको भन्दै प्रश्न गरे । उनले सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न दिएपछि आफूहरुलाई बोल्न नदिइ सभामुखले पद्धति मिचेर सत्तापक्षलाई दिएको आरोप लगाए । उनले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएकाले राजीनामा दिनुपर्ने बताए ।