सदस्यता छ्नौटको निर्णय नसच्याए जनपत्रकार संगठन नेपाल, दाङले संघर्ष गर्ने
काठमाडौँ – नेपाल पत्रकार महासंघ , दाङ शाखाको नयाँ सदस्यता छनौटको निर्णयप्रती जनपत्रकार संगठन नेपाल दाङले सदस्यता छनौटको निर्णय न्यायोचित नभएको निस्कर्ष सहित संगठनको ध्यानाकर्षण भएको जनाएको छ ।
जनपत्रकार संगठन नेपाल केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओलीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त निर्णयबारे संगठनको ध्यानाकर्षण भएको बताएका छन् ।
जारी बिज्ञप्तिमा भनिएको छ – ‘नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लामा नयाँ सदस्यता छनौट भनी जारी गरिएको प्रेस बिज्ञप्तीप्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । शाखाले ९४ जना आवेदक मध्य १२ जनाको नाम प्रदेश समितिमा सिफारिस गर्ने निर्णय न्यायोचित नभएकाले तत्काल निर्णय सच्याउन जोडदार माग गर्दछौं ।’
जारी बिज्ञप्तिमा अधिकांश आवेदकहरु सदस्यता प्राप्तिका लागि योग्य रहेको , मापदण्ड अनुसार पत्रकारितामा क्रियाशिल रहेको भएपनी सदस्यता छनौटका लागि गठन भएको छानविन समितिले गम्भीर त्रुटि गरेको स्पष्ट गरिएको छ ।
बिज्ञप्तिमा थप भनिएको छ – ‘महासंघले हाल नयाँ सदस्यता छनौट गरि प्रदेश समितिमा सिफारिस गर्ने निर्णय नसच्याए महासंघका विरुद्ध संघर्ष गर्ने यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउदछौँ ।’
साथै बिज्ञप्तिमा नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रलाइ मर्यादित बनाउन देशैभरी चलाएको शुद्धीकरण अभियानप्रति संगठन सकारात्मक रहेको र उक्त बिषयहरु जनपत्रकार संगठनले पनि पटकपटक ध्यानाकर्षण गराएका बिषय भएको उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा महासंघलाई सबैको साझा एवम मर्यादित बनाउन जिल्लामा क्रियाशिल पत्रकार संघरसंगठनहरुलाइ महासंघको गलत निर्णयका विरुद्ध खबरदारी गर्न अपिल समेत गरिएको छ ।
यस्तो छ प्रेस बिज्ञप्तीको पूर्ण पाठ
