अनलाइन सिस्टमबाट सदस्यता लिने व्यवस्था भए मधेशका कांग्रेस सकिन्छन्ः कृष्णप्रसाद यादव
काठमाडौं— नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव अनलाइन सिस्टमबाट सदस्यता लिने व्यवस्थामा गए मधेशका कांग्रेस सकिने चिन्ता व्यक्त गरेका छन्।
केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा मधेशमा संगठन जिरो भएको बताए। मधेशमा नेविसंघ र युवाहरूको पकड नभएको उल्लेख गर्दै बुढाहरूले मात्रै पार्टी नचल्ने बताए।
उनले प्रदेशलाई बाइपास गरेर सबै जिम्मेवारी जिल्लालाई मात्रै दिने भए खारेज गर्न चेतावनी दिए। उनले भने, ‘अनलाइन सिस्टम राम्रो छ। डिजिटल कांग्रेस हुनुपर्छ तर मलाई अलिकति डर लागेको छ। अनलाइन सिस्टमबाट गयो भने कांग्रेसलाई सिध्याउने खेल हुन्छ।’