एकले अर्कालाई गाली गरेर महान् बन्ने परम्पराको अन्त्य हुनुपर्छः रामहरि खतिवडा

बुधबार, ३ साउन २०८०

काठमाडौं—नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले एकले अर्कालाई गाली गरेर महान् बन्ने परम्पराको अन्त्य हुनुपर्ने बताएका छन् ।

केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीमा एक अर्कालाई गाली गर्ने पद्धति अन्त्य गर्नुपर्ने बताए । ‘हामी एउटाले अर्कोलाई गाली गर्छौँ । गुटलाई प्रशय दिन्छौँ । यो पद्धतिलाई अन्त्य गर्नुपर्छ । कसैले महामन्त्रीलाई गाली गर्छन्, कसैले सभापतिलाई गाली गर्छन् । यसरी पार्टी दह्रो हुँदैन,’

उनले महामन्त्रीको कार्यक्रम सबै कार्यान्वयन हुन सके कांग्रेस स्वर्ण युगमै जाने पनि बताए ।उनले भने, ‘महामन्त्रीको कार्यक्रम सबै कार्यान्वयन हुन सके कांग्रेस स्वर्ण युगमै जाने छ । कांग्रेस जनताको बीचमा गएर फेरि पनि पहिलो पार्टी हुन कसैले रोक्ने छैन ।’

साथै खतिवडाले महामन्त्रीको प्रस्तावमा महासमिति बैठकको कुरा उल्लेख नभएको बताए । ‘महासमितिको निर्वाचन हुन बाँकी जिल्लामा अविलम्ब निर्वाचन गर्न भन्नुपर्छ । एक वर्षभित्र महासमितिको बैठक राख्ने कुरा थपेर कार्यक्रम प्रस्तुत गर्दा राम्रो हुन्छ ,’ उनले भने ।