गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने

बुधबार, ३ साउन २०८०

काठमाडौं— नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने प्रस्ताव भएको छ ।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा कांग्रेस केन्द्रस्य सदस्य सीतादेवी देवकोटाले पार्टीमा धेरै संघर्ष गरेको व्यक्ति भएकाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउँन माग गरिन् । उनको कोषाध्यक्ष महिला बनाउँनुपर्ने बताइन् । पार्टीलाई कमजोर बनाउँने छुट कसैलाई नभएको बताइन्।

विदेशमा रहेकाहरुलाई स्वदेशमै फर्काउने पार्टीको कार्यक्रम के छ? भन्दै महामन्त्रीहरुलाई प्रश्न गरिन् । १४ औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित भएको डा। शेखर कोइरालाले वरिष्ठ नेताको आकांक्षा गरिरहेका छन् ।