साम्राज्यवादको निर्देशनमा नेपालमा निर्मम फाँसिवाद लादिदै छ : विप्लव

बुधबार, ३ साउन २०८०

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादको निर्देशनमा नेपालमा निर्मम फाँसिवाद लाद्न खोजेको आरोप लगाएका छन् । मङलबार बुद्धनगरस्थित नेकपाको केन्द्रीय कार्यलयमा आयोजित जनपत्रकार संगठन नेपालको मुखपत्र जनपत्रकारको विमोचन गर्दै विप्लवले अमेरिकी साम्राज्यवादको निर्देशनमा नेपालमा निर्मम फाँसिवाद लाद्न खोजेको आरोप लगाएका हुन ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले अमेरिकी साम्राज्यवादले नेपालमा एमसीसी जुनसुकै हालतमा कार्यन्वयन गर्न नेपालमा आफ्ना विश्वासिलो एजेन्ट खडा गरेको बताए । उनले भने, ‘साम्राज्यवादले अहिलेकै सरकारले एमसीसी कार्यन्वयनमा साथ दिए उनीहरुलाई नै टिकाउने थोरै गडवड देखियो भने ती विश्वासिला एजेन्डलाई सत्तामा पुर्याउन निर्मम फाँसिवाद लादेर देशलाई नै रणभूमि बनाउने सड्यन्त्र अमेरीकी साम्राज्यवदको छ। भूमण्डलीकृत साम्राज्यवादको फाँसिवादको बिरुद्दमा आम जनसमुदायहरुलाई उनीहरुको सड्यन्त्रबारे मसिनोगरी बुझाउनुपर्ने छ ।’

विप्लवले साम्राज्यवादको चरित्रलाई प्रस्ट पार्न विमोचित जनपत्रकारले सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विस्वाससमेत ब्यक्त गरेका थिए । ‘विद्यमान संसदीय व्यवस्था, साम्राज्वाद र प्रतिगमनका बिरुद्ध हाम्रो पार्टी लडिरहेको छ त्यसलाइ परास्त पार्ने महत्वपूर्ण हतियारको भूमिका जनपत्रीका, जनपत्रकार र यो सङ्घठनले निभाइरहेको छ ।’, संवोधन गर्दै विप्लवले भने ।

‘अहिलेको वैज्ञानिक युगमा सूचना संचारको भूमिका अग्रपङ्तिमा छ । यो परिवर्तित विश्वमा मिडिया मोर्चा अर्थात सूचना संचारलाई मुख्य ब्याटल बनाउन जरुरी छ।’, विप्लवले भने, ‘त्यसैलाई महसुस गरि हामीले दस्ताबेजमै समेटेर यसको कार्यन्वयनलाई प्रभावकारी बनाउन तलसम्म सम्प्रेषण गरेका छौं ।’

‘अबको विश्वमा सबैभन्दा ठूलो हतियार सूचना संचार भएको भन्दै यो सताब्दीमा क्रान्तिको नेतृत्व नेकपाले गर्ने बताए । ८० को दशक क्रान्तिको, समाजवादको दशक हुने भन्दै उनले भने, ‘अबको क्रान्तिमा प्रयोग गरिने शक्तिशाली  हतियार हो संचार । रसिया र युक्रेनको युद्धमा सूचना संचारको भूमिका प्रभावकारी भएको हामीले हेर्न सक्छौं । त्यहाँ रसियाले ५० मिटर पर युक्रेनलाई लखेट्यो भने सि विश्व्भर तरङ्ग फैलिन्छ र साम्राज्यवादको मुटु हल्लीन सुरु गर्छ। यो संचारकै देन हो । अव वीवीसी सिएनएन कसैले कुरेर बस्दैन । समाजिक संजालनै काफी हुन्छ ।’

यो युगमा सूचना संचारको सहि प्रयोग गर्न सकियो भने दुनियाँ जित्ने तागत आफ्नो पार्टीसँग भएको उनको दावी थियो । भूमण्डलीकृत साम्राज्यवाद र दलाल पुँजीवादका बिरुद्धमा लड्न र राष्ट्रघाती एमसीसीको कार्यन्वयन हुन नदिन समग्र साम्राज्यवादको बिरुद्धमा लड्न र साम्राज्यवादको तमाम चक्रब्युबाट देश मुक्त पार्दै समाजवादको बाटो तय गर्न समाजवादी मोर्चा बनेको उनको जिकिर थियो । पार्टी एकीकरण गर्न लाग्यो संसदवादमा फर्कियो, महापतन लेख्यो आफै, पतन भयो भन्दै आफ्नो पार्टीलार्इ बदनाम गर्न केही तत्वहरु सक्रिय भएको भन्दै यसको जवाफ क्रान्तिकै दौरानमा दिने बताए।

महासचिव विप्लवको प्रमुख आथित्यतामा भएको बिमोचन कार्यक्रमको अध्यक्षता जनपत्रकार सङ्गठन नेपालका केन्दीय अध्यक्ष दर्शन सीले गरेका थिए भने संचालन सङ्घठनका सचिवालय सदस्य तथा उपत्यका संयोजक शोभराज  बरालले गरेका थिए। कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा जनपत्रकार सङ्घठन नेपालका फ्याक्सन इन्चार्ज अनिल सी, पोलिट ब्युरो सदस्यहरु आस्था सी, आदर्श सीलगाएतको रहेको आतिथ्त्यता रहेको थियो भने जनपत्रकार सङ्गठनका सल्लाकार राजेन्द्र चिमौरिया, सङ्घठनका पूर्व अध्यक्ष प्रकाश डुम्रे, साथै उपत्यकामा उपलब्ध जनपत्रकारका विभिन्न तह र तप्काका नेताहरुको उपस्थित रहेको थियो। कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुलाई सङ्घठनका केन्द्रीय सचिव वसन्त सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए।