जसपाले फे‍र्‍यो झन्डा र लोगो

बिहिबार, ४ साउन २०८०

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै जसपाले पार्टीको नयाँ झन्डा र लोगो फेरेको हो ।

यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ । त्यस्तै, यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनुसार पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको छ ।