आफ्नै देशमा खाद्यान्न अभाव हुने सन्त्रासले भारतले लगायो चामल निर्यातमा रोक
काठमाडौं – भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने अनुमान गरिएको छ। यसका कारण उत्पन्न हुनसक्ने सन्त्रासले देश भित्रकै खाद्यान्न अभावलाई रोक्न भारतले नेपालमा चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार देश भित्रकै खाद्यान्न अभावलाई रोक्न एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।
भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ । भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ । नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ ।
आर्थिक वर्ष २०७९र८० को ११ महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो मात्रै चामल आयात गरेको थियो ।