राप्रपा नेपालद्वारा आज काठमाडौंमा विरोध प्रदर्शन गरिने

शुक्रबार, ५ साउन २०८०

काठमाडौं— राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन् ।

प्रवक्ता बसन्तमान सिंह अधिकारीको अनुसार भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुनेछ । भ्रष्टचार विरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो ।