खाँणलाई थुनामा जान किन रोकिएन?– गोपालमान श्रेष्ठ
काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भुखाँणलाई थुनामा जान किन रोकिएन भन्दै प्रश्न गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा उनले यस्तो प्रश्न गरेका हुन् । “एउटा साथी पुर्पक्षमा थुनिएको छ । उनलाई थुनामा जान रोक्न सकिन्थ्यो होला किन रोकिएन? अदालतमा भएको कुराले गल्ती गरेको, नगरेको भन्ने कुराको निर्णय आएको छैन । पुर्पक्ष भनेको जसलाई पनि लाग्न सक्छ,” श्रेष्ठले भने, “साथीहरूले उहाँको बारेमा छलफल नगरौं । आफ्नो परिवारको सदस्य जेलमा भएकोमा सहयोग गर्नुपर्छ । निस्कोस् भनेर हामीले त्यसबारेमा लाग्नुपर्छ भन्ने मेरो भनाइ छ ।”
उनले पार्टीमा अनुशासन हुनुपर्नेमा पनि जोड दिए । “एउटा घर चलाउन पनि अनुसान चाहिन्छ । त्यस्तै पार्टीमा पनि अनुसान भएन भने भोलिको दिनमा गाह्रो हुन्छ । हामी एक भएर गए कसैले पनि तलमाथि पार्न सक्दैन मैले मेरो रिपोर्टमा भनेको छु,” उनले भने, “हामी एक आपसमा वाक युद्ध गरिरहेका छौँ । सथर्मन र विरोध गर्ने प्रतिवाद र समर्थन गर्ने काम गरिरहेका छौँ । धेरैले फेसबुकमा स्वदेश र विदेशबाट देख्नुभएको छ । हामी प्रत्यक्ष प्रशारणमा छौँ बन्दकोठामा छैनौं एकले अर्कोलाई आक्षेप लगाएका छौँ ।”