कांग्रेसका ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको परराष्ट्र मन्त्रीको दाबी

आइतबार, ७ साउन २०८०

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री एनपी साउदले नेपाली कांग्रेसका ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको दाबी गरेका छन् ।

केन्द्रीय कार्य समिति बैठकमा आफ्नो धारणा व्यक्त गर्ने क्रममा नेता साउदले सो कुरा बताएका हुन् । उनले२० प्रतिशत क्रियाशील सदस्यले वडा सदस्यदेखि संघीय सांसदसम्म तीनै तहका कुनै पनि उम्मेदवारलाई मत नदिएको आँकडा पेश गरे । बाँकी २० प्रतिशत सदस्यले आंशिक रूपमा केही उम्मेदवारलाई मत दिएर बाँकीलाई रुखमा खाली राखेको वा विपक्षीलाई मत दिएको बताए ।

वडा सदस्यलाई दिनेले अध्यक्षलाई नदिएको,मेयरलाई दिनेले उपमेयरलाई नदिएको जस्तो आधारमा २० प्रतितले आंशिक रूपमा मात्र मत दिएको उनको दाबी छ । साउदले सबै कांग्रेसका सदस्यले रुखमा भोट हाल्ने वातावरण बनाउनुपर्ने बताए । उनले बालकृष्ण खाँणको बचाउ गर्दै अनुसन्धान चली रहेको बेला निलम्बन गर्नु नपर्ने बताए ।