घमण्डले आफैलाई खान्छ

बुधबार, १० साउन २०८०

काठमाडौं – जङ्गलमा एउटा गाई चरिरहेको थियो । गाईले केही पर बाघलाई देख्यो । बाघलाई देखेपछि गाई डराएर नजिकैको पाखरीमा बस्यो । दिनभर सिकार नभेटेर भोकले व्याकुल भएको बाध पनि गाईलाई खान पाखरिमा पस्यो ।

पोखरीमा पानी कम तर हिलो बढी थियो । विस्तारै हिलोमा गाई र बाघ भासिदै गए । एक अर्का नजिक नजिक पुगे पनि हल्लन र बाघले गाईलाई भेटाउने अबस्था थिएन । सोहि समयमा बाघलाई गाइले सोध्यो, ‘तिम्रो कोहि मालिक छन् ? बाघले गज्रदै भन्यो, ‘म जङ्गलको राजा हुँ । मलाई किन चाहियो मालिक ? अनि गाईले भन्यो, ‘त्यो तिम्रो शक्तिको अहिलेको परिस्थितिमा के काम ?’

त्यसपछि बाघले गाइलाई भन्यो, ‘तिमी पनि त दलदल हिलोमा फसिरहेका छौ ।’ यो सुनेर गाइले मुस्कुराउदै भन्यो, ‘मेरो मालिक जब साँझपख घरमा आउँछ मलाई नदेखेपछि अवस्य मलाई खोज्दै यहाँ लिन आउछ तर तिमिलाई कस्ले लान्छ ?’ सांच्चिकै एकैछिनमा मालिक आएर गाईलाई झिकेर घरतिर लैजान्छ । बाघ एक्लो हुन्छ । रातभरी पोखरीमै बस्छ । बाहिर निक्लिन प्रयास गर्छ तर सक्दैन । यही कारण बिहान मृत्यु हुन्छ ।

मान्छेले चाहेर पनि बाघलाई निकाल्न सक्दैनथ्यो किनकी निकालेमा गाई र आफू दुबैलाई खतरा थियो । त्यसैले म नै सर्बेसर्बा हुँ र मलाई कसैको सहयोग चाहिदैन भन्नुनै अहंकार र घमण्ड हो । हामी आफ्नो पद, प्रतिष्ठा र पैसाले ठूलो भयौं भन्दैमा घमण्ड नगरौं । घमण्डले आफैलाई सिध्याउँछ ।