सत्तारुढ दलले नांगो नाच देखाइरहेको छ, हामी चुप लागेर बस्न हुदैनः ओली
काठमाडौं— नेकपा एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सत्तारुढ दलले नांगो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुनेसमेत बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘सत्ताधारी दलले देश लुटिरहेका छन् नांगो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन,’ अध्यक्ष ओलीले भने ।एमालेले सुन तस्करीसहितको विषयमा संसद्मा उठाउने विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।
सुन तस्करीमा गृहमन्त्रीको भूमिकालाई लिएर एमाले प्रश्न गर्दै आएको छ । सुन तस्करीमा आफूहरूलाई मुछेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।