आजको मौसम : केहि सुधार केहि ठाउँमा पानी पर्ने

बुधबार, १३ चैत्र २०७५

चैत्र १३ काठमाडौँ – केही दिनदेखि बदली भएर वर्षा भइरहेको मौसममा बुधवारदेखि सुधार आउने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पूर्वी भूभागमा र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रहेपनि बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका हुन् ।

पूर्वी भेगका एक-दुई स्थानहरुमा मध्यान्नपछि मेघ गर्जनसहितको क्षणिक वर्षाको संभावना पनि देखिएको मौसमविदको भनाई छ ।