आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीशलाई बारको आग्रह

आइतबार, १४ साउन २०८०

काठमाडौं— नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेको छ ।

आइतबार बारले विज्ञप्ति निकालेर प्रधानन्यायाधीशलाई सो कुरामा ध्यानाकर्षण गराएको हो । कार्की न्यायाधीश रहँदा बनेको समितिले न्यायापालिकामा हुनसक्ने विकृति, अनियमितता र भ्रष्टचार तथा त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायबारे सुझाव दिएको थियो ।

सर्वोच्चको पूर्ण बैठक (फुल कोर्ट) ले स्वामित्व लिएर प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्नुपर्ने बारको माग छ । साथै उसले नयाँ प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिका लागि समेत ध्यानाकर्षण गराएको छ ।