प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली

सोमबार, १५ साउन २०८०

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न बालुवाटार पुगेका छन् ।

ओलीको सचिवालयको अनुसार संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला ओली बालुवाटार गएका हुन् । आइतबार पनि ओलीले प्रचण्डलाई भेटेर परिषद् बैठक डाँकी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन दबाब दिएका थिए ।