कविता : क्रान्तिको बिगुल फुक्नुपर्छ
खाना पकाउनलाई पनि त
चुलोमा आगो बाल्नुपर्छ
आगो निभ्न नदिनलाई पनि त
दाउरा थप्नु पर्छ,आगो फुग्नुपर्छ
दासताबाट मुक्ति पाउनलाई पनि त
क्रान्तिको बिगुल फुग्नुपर्छ ।
बिगुल नफुकेर यहाँ
कसले सुनेको छर ?
साच्चिकै क्रान्तिको बिगुल
फुक्नु हुदैन,कसैले भनेको छर ?
बिगुल नफुक्नु भन्नेलाई पनि त
क्रान्तिको महान बाटोमा
प्रेरित गरेर हिड्न,आव्हान गर्न
कान फुट्ने गरी, दिमाग भुट्ने गरी
क्रान्तिको बिगुल फुक्नु पर्छ ।
काल मार्क्सले साम्यवादी
विगुल नफुकेको भए
लेनिन र स्टालिनले रुसमा
कहाँ गर्थे अक्टोबर क्रान्ति
कहाँ ढल्थ्यो जार शाहीको सत्ता
कहाँ गर्थे बिशाल चीनमा
माओले दीर्घकालीन जनयुद्ध
कहाँ ढल्थ्यो च्याङकाइसेकको सत्ता
कहाँ बल्थ्यो नेपाली भूमिमा
जनयुद्धको आगो
यहाँ आमुल परिवर्तन गर्न
हावा चलाएर मात्र हुने भए
अरु केही गर्नु पर्दैन थियो
सगरमाथामा एउटा ठूलो
पंखा मात्र चलाउनु पर्थ्यो
विश्व नै कायापलट उहिले हुन्थ्यो
जहिले पृथ्वीको उत्पत्ति भयो ।
अर्काले धान रोपेपछि
धान रोप्दैमा मात्र
क्रान्ति पुरा हुन्छ भन्ने
अर्काले बन्दुक बोकेपछि
बन्दुक बोक्दैमा मात्र
क्रान्ति पुरा हुन्छ भन्ने
धान रोप्नलाई पनि त
बन्दुक बोक्नलाई पनि त
क्रान्तिको बिगुल फुक्नु पर्छ ।
गुगलमा रोटी खोजेर पाइन्छ
गुगलको रोटीले
नत तिम्रो न त कसैको
भोक मेटिन्छ, भोको पेट भरिन्छ।
भोको पेट भर्न त
पाखुरा चलाउनु पर्छ
अन्न फलाउनु पर्छ
परिवर्तन नचाहने विरोधी
‘भुस्याहाहरु’ भुकिरन्छन्
क्रान्तिकारी ‘योद्धा’हरु
निरन्तर क्रान्तिको
बिगुल फुकिरहन्छन् ।
एकदिन पुजिवाद झुक्नुपर्छ
वैज्ञानिक साम्यवाद ल्याउनलाई
एकचोटी मात्र हैन ? अनवरत
क्रान्तिको बिगुल फुक्नुपर्छ ।
(१६ साउन २०८०
विक्रान्त सी
अखिल (क्रान्तिकारी) (केन्द्रीय सदस्य)