माओवादी अलिअलि बिग्रिएकाले पार्टीजस्तो नभएको प्रचण्डको भनाई
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अलिअलि बिग्रिएकाले पार्टीजस्तो नभएको बताएका छन् ।
केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । तपाईंले माओवादी पार्टीजस्तो भएन भन्ने किन टिप्पणी गर्नुभयो? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अहिले अलिअलि बिग्रेको छ भएर पार्टीजस्तो भएन भनेको हुँ । यो बैठकपछि अब पार्टीलाई सुधारेर लगिन्छ ।’ जारी बैठकमा नेताहरुले पार्टी नेतृत्वको चर्का आलोचना गरेका छन् ।