सुन प्रकरणको बिषयलाई लिएर एमालेले फेरि गर्यो संसद अवरोध
काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सुन प्रकरणमा उच्च स्तरीय छानमिन समितिको माग गर्दै आज पनि संसद अवरोध गरेको छ। एक क्विन्टल सुन बरामद् भएको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले आजको संसद बैठक अवरोध गरेको हो।
साउन १० गतेपछि बस्न नसकेको संसद बैठक आज बसेको थियो। आजको बैठकमा सुरूमा सबै दलका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए।
त्यसपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए। गृहमन्त्री श्रेष्ठको जवाफ चित्त नबुझेको भन्दै एमालेले बैठक अवरोध गरेको हो।
एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकका कार्यसूची हटाएर अर्को बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।