प्रधानमन्त्रीले गृहमन्त्रीलाई काम गर्न नदिएको सांसद सिंहको आरोप

मंगलबार, २३ साउन २०८०

काठमाडौँ –  स्वतन्त्र सांसद अमरेश सिंहले संसदमा भ्रष्टाचारका फाइल खुलपनि सरकारकै कारण गृहमन्त्रीले काम गर्न नपाएकोआरोप लगाएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदमा भ्रष्टाचारका फाइल खुले पनि गृहमन्त्रीले काम गर्न नपाएको प्रति गुनासो गर्दै सरकारले गृहमन्त्रीलाई काम गर्न नदिएको आरोप लगाएका हुन् ।

उनले गृहमन्त्रीतर्फ लक्षित गर्दै भने, ‘कि गृहमन्त्रीको नियतमा शंका छैन, तर गृहमन्त्रीलाई काम गर्न दिने वातावरण छैन,’ सरकारले गृहमन्त्रीसमेत काम गर्न नदिएको उनले आरोप लगाए।  उनले भने, आज खुसी लाग्या छ कि तीनदलीय सिन्डिकेटबाट संसदले मुक्ति पाएको छ। जनताले मुक्ति पाएका छन्। जनताको सवाल उठाउन पाइएको छ।

सांसद सिंहले भुटानी शरणार्थी र सुन तस्करीबारे सदनमा प्रश्न उठाए। उनले सोधे, ‘के भुटानी प्रकरणमा त्यति मात्र थियो इन्भल्प रु के सरकारको संलग्नता हुनेबित्तिकै बन्द गर्नुपर्ने रु के ललिता निवासको कानमा सर्वोच्च अदालतले आदेश दिनैपर्ने रु आखिर सर्वोच्च अदालतको आदेश दिनुभन्दा पहिला सीआईबीकहाँ थियो। भर्खर सांसदहरू सरकारको दुहाई गर्दै हुनुहुन्थ्यो।

जब कुनै घटना हुन्छ तीन दलको बैठक हुन थाल्छ घटनाभन्दा पहिला किन बैठक हुँदैन रु तीनदलीय शीर्ष नेताको चाहे सुनकाण्ड होस् चाहे भुटानी शरणार्थी काण्ड होस् चाहे ललिता निवास काण्ड होस् त्यतिबेला एकदम गहन छलफल हुन थाल्छ। र संसद अवरुद्ध हुन्छ। अनि यहाँ बोल्न पाइँदैन।’

नेपालमा पहिलोचोटि भ्रष्टाचारको मामलामा केही व्यक्तिहरू जेल गएको उनले बताए। आफू चारचोटि संसद् हुँदा पहिलो पटक यसरी भ्रष्टाचारी जेल गएको भन्दै पहिला तैं चुप मै चुपमा भ्रष्टाचारी लुकाएको उनले बताए।