माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक मोबाईल बैंकिङ्गमा ल्यायो अफलाइन “ट्याप एण्ड पे” सेवा

शुक्रबार, २६ साउन २०८०

काठमाडौं— माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमा पहिलो पटक EMV Standard मा आधारित Tokenized प्रविधिको प्रयोग गरि मोबाईल बैंकिङ्ग एप्लिकेसनमा contactless offline “Tap and Pay”  सेवा सुरु गरेको छ ।

बैंकले शुक्रबार एक प्रेस विज्ञीपत जारी गर्दै सो कुरा बताएको हो । Tokenized लाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ ।माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसंगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट POS मार्फत कारोबार गर्दा बैंकको मोबाईल बैंकिङ्ग एप्लिकेसन MBL M-Smart बचत प्रयोग गरि आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

हाललाई यो सेवा NFC सपोर्ट गर्ने Android मोबाईलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन । बैंकले साझेदारी र सहकार्य लाई आत्मासात गर्दै}{ F1soft International Pvt. Ltd., Nepal Clearing House Limited (NCHL) र Citytech Pvt. Ltd. संगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो ।

बैंकले Tokenization लाई बिस्तारै अन्य प्रोडक्ट तथा र्सभिस हरुमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै अगाडी बढीरहेको माछापुच्छ्रे बैंकले विशेष गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको छ । यसैक्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले “Tap and Pay”  सेवा यस बैंकले संचालनमा ल्याएको हो ।