सेयर बजार चलायमान बनाउन अर्थमन्त्री क्रियाशील हुनुपर्छः राजेन्द्र बजगाई
काठमाडौं— नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले सेयर बजार चलायमान बनाउन अर्थमन्त्री प्रकाशशरण महतको क्रियाशीलता हुनुपर्ने बताएका छन्।
नयाँ बानेश्वरमा आइतबार बसेको संसदीय दल बैठकमा बोल्दै बजगाईले उनले यस्तो बताएका हुन् । उनले भने, ‘सेयर बजार चलायमान भएन, अर्थमन्त्रीज्यूको क्रियाशीलता चाहियो।’ उनले कांग्रेसमा एकता नदेखिएको पनि बताए।
‘हाम्रो पार्टीभित्रै एकता छैन, एकले अर्कोलाई कसरी सक्ने चिन्ता छ,’ उनले भने, ‘सुनिल शर्मामाथि अहिले दुस्ख परिरहेको छ। हामी उहाँमाथि धेरै आक्रमक हुनु हुँदैन।’
उनले सांसद शर्मालाई प्रतिपक्षमा रहेका नेताहरूले पनि समर्थन गरिरहेको बताएका थिए। ‘कसैले कसुर गरे कानूनी प्रक्रियामा नपर्ने भन्ने कुरै भएन तर उहाँमाथि धरपकड गरियो, पक्राउ गर्दा सभामुखसँग अनुमतिसमेत लिइएको थिएन,’ उनले भने।