उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने तर्फ सरकार अग्रसर हुनेछः धनराज गुरूङ

शुक्रबार, १ भाद्र २०८०

काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले राजनीतिक दलका नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने विषय सरकारको नीति तथा कार्यक्रममै उल्लेख भएकाले अब सरकार त्यसतर्फ अग्रसर हुने बताएका छन्।

शुक्रबार नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा मन्त्री गुरूङले यस्तो बताएका हुन्। ‘देखाउन होइन, कार्यान्वयन गर्न नै न्यूनतम साझा कार्यक्रममा लेखेका हौं,’ उनले भने, ‘र्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ।’

मन्त्री गुरूङले साधारण हेलचेक्र्र्याँइले मात्रै विमानस्थलबाट त्यति ठूलो परिमाणमा सुन बाहिरिन नसक्ने बताए। त्यसमा ठूलै मान्छैको संलग्नता हुनसक्ने र प्रहरीले त्यसबारेमा छानबिन गरिरहेको उनले बताए। सरकार सुशासन कायम गर्न प्रतिबद्ध भएर अगाडि बढेको पनि मन्त्री गुरूङले बताए।