संखुवासभाबाट शक्तिशाली हतियार बरामद
संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिका ४ मैदानेबाद प्रहरीले थ्रीनटथ्री राईफल बरामद गरेको छ । प्रहरीले दुर्गाप्रसाद लिम्बुको घरबाट राईफल सहित त्यसमा लाग्ने गोली १
थान, म्यागजिन १ थान र बोल्टु १ थान फेला पारी बुधबार दिउसो बरामद गरेको हो ।
लिम्बुको घरमा हतियार लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घर खानतलासी गर्दा उक्त हातहतियार फेला पारी
बरामद जनाइएको छ । हाल फरार दुर्गाप्रसाद लिम्बुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बुटवलमा एक जनाको गोली हानी हत्या भएको छ । अज्ञात व्यक्तिको गोली प्रहारबाट गम्भीर घाइते भएका बुटवल उपमहानगरपालिका १
गढीटोल बस्ने ४५ वर्षीय फिरोज खानको बुधबार राति मृत्यु भएको छ ।
उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।