सभाध्यक्षले पनि विश्वासको मत दिएपछि कोशी प्रदेश सभामा भयो लफडा
काठमाडौं— कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको छ ।
मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका छन् । अध्यक्ष मण्डलकी अर्की सदस्य गीतालाई सभामुखको आसनमा बसाई मन्सुरीली विश्वासको मत दिएका हुन् । मत फिर्ता लिने समय चलिरहेका बेला उनले तिम्सिनालाई अध्यक्षता ग्रहण गर्न बोलाएका थिए ।