प्रधानमन्त्रीलाई प्रदीप पौडेलको सुझाव– बलले होइन कांग्रेसको शक्तिले पदमा पुगेको हेक्का राख्नुहोस्
काठमाडौं— नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो बलले नभई कांग्रेसको शक्तिले पदमा पुगेको हेक्का राख्न सुझाए दिएका छन् ।
चितवन रत्ननगर नगरको पार्टी समिति सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री व्यवहार प्रति असन्तुष्टि जनाए । ‘फाइल खोलेपछि आफ्ना नपर्ने अरुको मात्रै पर्ने भन्ने हुँदैन । आफ्ना पर्न थालेपछि भ्रष्टचारको अनुसन्धानको यात्रा अड्किएको देखियो,’ पौडेलले भने ।
वर्तमान सरकारले नागरिकका पक्षमा अरु केही कार्य नगरेको उनले बताए । ‘भ्रष्टचारका अलि अलि फाइल खोल्न खोजेको छ,’ पौडेलले भने,‘फाइल खोेलेर प्रधानमन्त्री जस लिन खोज्नुहुन्छ । हामी पछाडी बसेर अँध्यारो भइरहेका छौं ।’