प्रहरीलाई १ हजार घुस दिन खोज्ने सेञ्चुरी समातिए
काठमाडौँ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार सातदोबाटोबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा. ५० प २०७७ नम्बरको स्कुटरमा सवार जितबहादुर सेन्चुरी लाई पक्राउ गरिएको हो ।
प्रहरीलाई नगद रु।१ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारि कारबाहीबाट बच्न खोजेकाले नगद सहित उनलाई नियन्त्रणमा लिईएको हो । ओखलढुङगा घर भएका सेञ्चुरी हाल ललितपुरको नख्खुमा डेरामा बस्दैँ आएका छन् ।