कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्योः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले विचरा बनेको टिप्पणी गरेका छन् । विप्लव समूहलाई गिरोहको संज्ञा दिदैँ कांग्रेसले उक्त समूहलाई समर्थन गरेको भन्दै प्रधानमन्त्री ओलीले उसको कडा शब्द आलोचना गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश ३ को पहिलो बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका ओली कांग्रेसविरुद्ध खनिएका हुन् । उनले भने, आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद हो, कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको छ अहिले ।
‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्यो’ उनले भने ।