प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क जाने

बुधबार, ६ भाद्र २०८०

काठमाडौँ  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन त्यसतर्फ जाने भएका छन् ।

बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो । साथै बैठकले जापान सरकारबाट प्राप्त हुने ३ अर्ब २० करोड ६० लाख जापानी येन अनुदान सहायता स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।