राष्ट्रिय जनावरलाई काटेर भोज लगाउँदा समेत सरकार बोल्न सकेनः दीपकबहादुर सिंह

बिहिबार, ७ भाद्र २०८०

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह राष्ट्रिय जनावरलाई काटेर भोजभतेर गरेर मिडियामा देखाइरहँदा समेत सरकार बोल्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

सिंहले यही निहुँमा धार्मिक द्वन्द्व हुनेसक्ने चिन्ता व्यक्त गरे । उनले भने, ‘यो कुनै तत्व वा बाहिर प्रभावबाट हुन त गइरहेको छैन? हाम्रो सरकारले यो प्रति के हेरिराख्नुभएको छ? एक शब्द बोल्न सकेको छैन । यदि यही निहुँमा धार्मिक वा जातित्वको द्वन्द्व भयो भने के हुन्छ होला रु कसैले यसप्रति सोचेका छौं । यदि सरकारले चाँडो संविधान अनुसार त्यो अनुसार कानून लागू गर्नुस् ।’