६ वर्षिया बालिकाले गाइन् निर्मला पन्तको न्यायाका लागि तिज गीत (भिडियोसहित)

शनिबार, ९ भाद्र २०८०

काठमाडौं – ६ वर्षीय बालिका झरना भुसालले निर्मला पन्तको न्याय माग्दै तिज गीत गाएकी छन् । बर्षौ देखि रहस्यमय बनेको निर्मला पन्तको बलात्कार पछि हत्याको घटनाले आज पनि करोडौं नेपालीको मनमा प्रश्न उब्जिरहेको भन्दै उनको न्याय लागि गीत गाएकी हुन् ।

पटक पटक सरकार फेरिए पनि निर्मलाले न्याय नपाएको भन्दै यो घटनाको सत्य तथ्य पत्ता लगाउन दवाव स्वरुप गीत गाएकी हुन् । अहिलेको सरकारले विभिन्न भ्रष्ट्राचारका फाइलहरू खोली दोषीलाई कारबाही गरेको देखेर ६ वर्षीय बालिका झरना भुसालले प्रधानमन्त्रीलाई निर्मला पन्तको हत्यारा खोजी दिए त्यो भन्दा ठूलो खुसी केही नहुने भन्दै अनुरोध गरेकी छन् ।

ू‘निर्मलाको हत्यारा खोइ’ नामक तीज गीतमा उनको स्वर रहेको छ भने कमल भुसाल चञ्चलको शब्द संगीत रहेको छ । आफू सुरक्षित छु भन्ने ढुक्क विश्वास नभएका लाखौं नाबालिकाहरू आज त्यसै घटना लाई सम्झिएर झस्किन्छन् ।