संसदीय समितिको सभापतिमा एमालेका पोखरेल र साहले दिए उम्मेदवारी

आइतबार, १० भाद्र २०८०

काठमाडौं— प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिको सभापतिमा सार्वजनिक लेखा समितिमा मोरङ–२ बाट निर्वाचित सांसद ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा एमालेकै किरणकुमार साहले उम्मेदवारी दर्ता गराएका छन्।

किरणकुमार साह रौतहटबाट निर्वाचित सांसद हुन्। भोलि हुन गइरहेको निर्वाचनका लागि उनिहरुले आज मनोनय दर्ता गराए । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन्।