उद्योग वाणिज्य समितिको सभापतिमा रास्वपाका पराजुलीको उम्मेदवारी दर्ता

आइतबार, १० भाद्र २०८०

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार हुने संसदीय समितिको निर्वाचनका लागि रास्वपाका पराजुलीले उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा डोलप्रसाद अर्याल र समर्थक असिम साह रहेका छन् । सोमबार हुने निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भइरहेका छ ।