एमसीसी पारित गर्न साथ दिनेहरु विरुद्ध बहिष्कार अभियान चलाउनु पर्छः हेमसंकर गिरी

सोमबार, ११ भाद्र २०८०

काठमाडौँ— पूर्व सुरक्षाकर्मी महासंघका प्रवक्ता हेमसंकर गिरीले एमसीसी पारित गर्न साथ दिनेहरु विरुद्ध बहिष्कार अभियान चलाउनु पर्ने बताएका छन् ।

एमसीसी परियोजना कार्यान्वयन विरुद्धआयोजित बृहतअन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै प्रवक्ता गिरीले नेपालमा राजकिय सत्ता नै विदेशीको हातमा रहेको भन्दै नेपालमा एमसीसी पारित गर्न साथ दिनेहरु विरुद्ध बहिष्कार अभियान चलाउनु पर्ने बताएका हुन् ।

उनले एमसीसी मातृभूमिप्रतिको ठूलो धोका भएको बताए । उनले एमसीसीका विरुद्ध आज पनि राष्ट्रको सिपाही भएको र तपाईहरुले बोलाएको ठाउँमा बलिदान दिन तयार भएको प्रतिबद्धता जनाए ।