नेपालका सबै कम्युनिष्टको नाम निशाना मेटाउने षड्यन्त्रकासाथ एमसीसी आएको छ: कञ्चन
काठमाडौँ – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले चार वर्षमा नेपालका सबै कम्युनिष्टको नाम निशाना मेटाउने षड्यन्त्रकासाथ एमसीसी नेपालमा आएको बताएका छन्।
एमसीसी परियोजना कार्यान्वयन विरुद्ध नेकपाद्वारा काठमाडौँमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले र वर्षमा नेपालका सबै कम्युनिष्टको नाम निशाना मेटाउने षड्यन्त्रकासाथ एमसीसी नेपालमा आएको बताएका हुन्।
उनले संसदीय व्यवस्था रहेसम्म एमसीसी खारेज हुन नसक्ने भन्दै एमसीसी खारेजका लागि जनताले सडकबाट आन्दोलन गर्नेु पर्ने बताए । सम्वोधनका क्रममा नेता कञ्चनले यो संविधानलाई नै खारेज गरी नयाँ संविधान बनाउनु पर्ने समेत जिकिर गरे।
नेता कञ्चनले एक सेकेण्ड पनि संसदीय व्यवस्था नेपालमा रहने खालको नभएको भन्दै संससदीय व्यवस्थालाई संस्थागत गरेर एमसीसी खारेज हुन नसक्ने ठोकुवा गरे ।
उनले चार वर्षमा नेपालका सबै कम्युनिष्टको नाम निशाना मेटाउने षड्यन्त्र गरि एमसीसी नेपालमा आएको दाबी गर्दै यो नेपालको लागि निकै घातक भएको बताए ।