सार्वभौम अधिकार सम्पन्न संसदले जारी गरेको १२ बुँदे घोषणाको अवज्ञा गरेकै हो?
काठमाडौं—नेकपा ९माओवादी केन्द्र०का महासचिव देव गुरूङले सार्वभौम अधिकार सम्पन्न संसदले जारी गरेको १२ बुँदे घोषणाको अवज्ञा गरेकै हो? भनेर प्रश्न गरेका छन्।
अमेरिकी सहायता परियोजना एमसिसी आजबाट कार्यान्वयनमा गएसंगै महासचिव देव गुरूङले बुधबार फेसबुकमा स्ट्याटस लेख्दै सार्वभौम अधिकार सम्पन्न संसदले जारी गरेको १२ बुँदे घोषणाको अवज्ञा गरेकै हो? भनेर प्रश्न गरेका हुन्।
‘२०७८ फाल्गुन १५ गते नेपालको संसदबाट १२ बुँदे घोषणासहित एमसिसी सम्झौताको अनुमोदन गरियो। त्यसबेला मन्त्री लगायतका प्रायः सबै नेताहरूले १२ बुँदे घोषणालाई स्वीकार गरी त्यसलाई एमसिसी सम्झौताको अंग बनाइनुपर्ने र १२ बुँदे घोषणा स्वीकार नहुँदासम्म सम्झौता कार्यान्वयन नहुने भनी संसदको रोष्टमबाट प्रतिवद्वता जाहेर पनि गरिएको थियो,’ महासचिव गुरूङले भनेका छन्, ‘तर आजसम्म अमेरिकी एमसिसी कम्पनीले औपचारिक रूपमा, लिखित रूपमा १२ बुँदे स्वीकारेको देखिएको छैन। एमसिए(नेपालले पनि १२ बुँदे शर्तबारे कुनै उल्लेख नगरी निरपेक्ष रूपमा परियोजना कार्यन्वयनको कुरा उठाइरहेको छ। माओवादी केन्द्रको प्रष्ट धारणा छ कि १२ बुँदे घोषणालाई एमसिसी सम्झौताको लिखित अंग नबनाउँदासम्म कार्यान्वयन हुन सक्दैन।