चार दिन देखि ३ जना बच्चा हराए, खोजिदिन अपिल
कालिकोट – कालिकोट जिल्ला रास्कोट नगरपालिकाका तीन जना बच्चा हराएका छन् । नगरपालिकाको वडा नम्बर ७ को गैरे गाउँबाट चार दिने देखि तीन जना बालक हराएका हुन् ।
भदौ एघार गते साँझ छ बजेदेखि गदिउले विकाका १३ वर्षीय छोरा दिर्ग वि क, धनमल बिकका १२ वर्षीय छोरा नब बि क, दलवीरे बिकका १४ वर्षीय छोरा बसन्त बिक हराएका हुन् । बालकको खोजि गरिदिन परिबारका सदस्यले अपिल गरेका छन् ।
हराएका बालकहरूलाई कहीँ कसैले भेटेमा अभिभावक खबर गरिरिदन गदिउले बिक आग्रह गरेका छन् । कसैले देखेमा अभिभावक गदिउले बिक को मोबाइल नम्बर ९८४५३९३३९८ र ९७६२८४२२६४ मा खवर गर्न आग्रह गरेका छन् ।