नेपाल महिला चेम्बरको चित्रकला प्रदर्शनीको समुद्घाटन

सोमबार, १८ भाद्र २०८०

काठमाडौं— नेपाल चेम्बर अफकमर्स अन्तरगत गठित नेपाल महिला चेम्बरको सहकार्यमा मिति २०८० भाद्र १६ देखि १८ गते सम्म शिद्धार्थ आर्ट ग्यालेरी बबरमहलमा आयोजना हुने नेपाल महिला चेम्वरको सदस्य तथा कलाकार श्री रिशिका जालानबाट सृजना गरिएको चीत्रकला प्रदर्शनीको नेपाल महिला आयोगका सदस्यश्री कृष्ण कुमारी पौडेल खतिवडाबाट समुद्घाटन भएको छ।

उक्त अवसरमा चित्रकलाले मानवीय संवेग तथा सामाजिक रुपान्तरणको लागि सन्देश प्रवाहितगर्ने भएकोले यसको महत्व रहेको छ । महिला आयोगले महिला कलाकारको क्षमता बिकासका निमित्त बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको वताउनु हुंदै महिलाकलाकार श्री रिशिका जालानद्वारा प्रदर्शित उनको चौथो संस्करणका चीत्रकलाप्रदर्शनीको सफलताको कामना गरिन् । उक्त अवसरमा नेपाल महिला चेम्वरका महासचिव श्री लिमा अधिकारी तथा कला प्रेमीहरुको उपस्थित रहेको थियो ।