पेकनको कोषाध्यक्षमा ओसिसका राम थापा निर्वाचित

मंगलबार, १९ भाद्र २०८०

काठमाडौं – नेकपा एमाले निकट नेपाल प्रगतिशील शैक्षिक परामर्श संघ (पेकन)को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले बासु नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

पेकनको उपाध्यक्षमा बालकृष्ण विष्ट र दीपक खनाल निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा सुष्मा आचार्यले बाजी मारेकी छन् । संगठनको शक्तिशाली पद महासचिवमा रबिन केसी निर्वाचित हुँदा सचिवमा रामचन्द्र केसी, कृष्ण कँडेल र विश्व कल्याण अधिकारीले अवसर पाएका छन् ।

संगठनको कोषाध्यक्षमा राम थापा निर्वाचित भएका छन् । ओसिस् अब्रोड स्टडि सर्भिसेस् एण्ड कन्सल्टेन्सीका संचालक थापालाई कोष संचालनको जिम्मेवारी आएको हो । कार्यसमिति सदस्यमा पवित्र थापा मगर, मेनुका ढुंगाना, सुनिल खतिवडा, बलराम आचार्य, सूर्यमोहन आचार्य, छत्रबहादुर विष्ट, निरजन शिवाकोटी, यज्ञ बिलास पौडेल, पुष्पराज पहारी र रविन तिमिल्सिना निर्वाचित भएका छन् ।