वडाध्यक्ष रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा भोलि शोक बिदा

बिहिबार, २१ भाद्र २०८०

काठमाडौं— काठमाडौं महानगरपालिका १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौं महानगरपालिकाले भोलि महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको छ ।

उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले बताए । रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।