नाडा अटो शो २०२३ सुरु, अर्थमन्त्री महतले गरे उद्घाटन
काठमाडौं— अटो व्यवसायीको कुम्भमेला ‘नाडा अटो शो २०२३’ मंगलबारदेखि सुरु भएको छ । १५ औं संस्करणको नाडा अटो शो राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो ।
अटो शोको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । एक सय २० स्टल रहेको शो भदौ ३१ सम्म सञ्चालन हुनेछ । शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजक नाडाको अपेक्षा छ ।


प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा