महत्त्वपूर्ण निर्णय लिदै नेकपा सम्पर्क शाखाको सातौ पुर्ण बैठक सम्पन्न

बुधबार, २७ भाद्र २०८०

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाको सातौ पुर्ण बैठक सम्पन्न भएको छ । सम्पर्क साधारण शाखाको बैठक पार्टीका पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सिको आतिथ्यतामा सम्पन्न भएको हो ।

शाखाका सेक्रेटरी अनिल सिका अनुसार नेकपाले पछिल्लो समय राष्ट्रघाती एमसीसी कार्यन्वयन सम्झौता विरुद्ध गरेको चरण वद्ध आन्दोलन तथा एमसीसीका लागी सरकारले अधिग्रहण अनुमति दिएको स्थानहरुमा मार्च पास, अन्तरक्रिया कार्यक्रम सहितको सशक्त्त प्रर्दशनलाई प्रभावकारी बनाउँदै एमसीसीलाई असफल बनाउन ठुला दबाबका कार्यक्रमहरु अघि बढाउने निर्णय गरेको छ । राष्ट्र, राष्ट्रियता, देश भक्त , सामराज्यवाद विरोधी कम्युनिष्टहरुको संयुक्त समाजवादी मोर्चालाई देशव्यापी रुपमा सशस्त बनाई कसरी परिचालन गर्ने भन्ने बारे पनि बैठकमा मसिनो छलफल भएको अनिल सिले बताए ।

कृति सिको प्रमुख आतिथ्यता रहेको बैठकमा अनिल सीको अध्यक्षता रहेको थियो भने शाखा अन्र्तगतका सबै पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।