निक्षेप तथा कर्जा सुरक्षण कोषको ५० औं वार्षिक उत्सवको अवसरमा आयोजित वाकथन प्रतियोगीता सम्पन्न
काठमाडौं – निक्षेप तथा कर्जा सुरक्षण कोषको ५० औं वार्षिक उत्सवको अवसरमा आयोजित वाकथन प्रतियोगेता सम्पन्न सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमकाबिच वाकथन प्रतियोगेता सम्पन्न सम्पन्न गरेको हो ।
सो अवसरमा कोषले वाकथन प्रतियोगिता आयोजना गरेको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी जनचेतना फैलाउन प्रज्ञा भवन कमलादीबाट सुरु भएको वाकथन कमलपोखरी, नक्साल (DCGF Office) गैरीधारा, लैनचौर, जमल घन्टाघर परिक्रमा पुन: प्रज्ञा भवन कमलादीमा पुगी विशेष कार्यक्रम सहित बिजेताहरुलाई म्याडल तथा नगद पुरस्कार प्रधान गरेको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर बम बहादुर मिश्र, बिभिन्न बैंक तथा वित्तीय सस्थाहरुका सिइयो तथा डिसियोहरु अनि सोही सस्थाहरुमा कार्यरत कर्मचारीहरुको उत्साहजन सहभागिता रहेको थियो। कर्जाको सदुपयोग गरौ वित्तीय प्रणाली प्रति विस्वास गरौ, भएपनि जुनसुकै दर्जाको भाखा नाग्न नदिऔ, कर्जाको किस्ता ब्याज समयमै तिरौ। कर्जाको सदुपयोग गरौ बित्तीय सस्थाबाटै कारोबार गरौ, कर्जाको किस्ता व्याज समयमै तिरौ जिम्मेवार नागरिकको परिचय दिऔ लगाएतका नारा अंकित टिसर्टसहितको वाकथनले रौनकता बढाएका थियो।
वार्षिक उत्सवको अबसरमा विभिन्न क्षेत्रका महिला तथा पुरुषको ५ किलोमिटरको दौड प्रतियोगिता गरिएको थियो । सो प्रतियोगीतामा पुरुषतर्फ मुकेश पाल प्रथम, सन्जय श्रेष्ट दितिय र श्री कास राइले तृतिय स्थान हासिल गरेका थिए भने महिला तर्फ राममाया बुढा प्रथम, पुर्ण लक्ष्मी न्यौपाने दितिय र सिर्जना पाण्डेले तृतिय स्थान हासिल गर्दै बिजेता भएका छन् ।
विजेता प्रतियिगीहरुलाई नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर, निक्षेप सुरक्षण कोषका अध्यक्ष डा: राम प्रशाद घिमिरे लगाएतले म्याडल, प्रमाणपत्रसहित नगत पुरस्कार प्रदान गरेका थिए । प्रथम हुनेलाइ महिला पुरुष दुबै तर्फ नगद १५ हजार, दितिय र तृतियलाइ १०÷१० हजार प्रधान गरेका छन् । वाकथन प्रतियोगीताको अन्तिममा निक्षेप सम्बन्धी नयाँ नारा तथा रेडियो जिङ्गलसमेत सार्वजनिक गरेको छ।
कोषको यो वर्षको नारा धन र ऋण दुबैको संरक्षण तय गरेको छ। ५० औं वार्षिकीको अवसरमा आफ्नै केन्दृय कार्यलयबाट रक्तदान कार्यक्रम गर्दै भाद्र १९ गतेबाट सुरु भएको कर्जा निक्षप तथा सुरक्षण सम्बन्धित विभिन्न सचेतना मुलक कार्यक्रमलाई असोज ४ गतेसम्म निरन्तरता दिइने कोषका प्रसासन बिभागका नायब प्रवन्धक अच्युत पन्तले जानाकारी दिए ।
