एमसीसी विरुद्ध मार्चपासको तयारी पूरा, गौशालाबाट भटभटे जुलुस हुने
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले एमसीसी विरुद्ध घोषणा गरेको दोस्रो चरणको सङ्घर्षको कार्यक्रम असोज ४ गतेदेखि सुरु हुँदैछ । एमसीसी विरुद्ध ४ गते हुने मार्चपासको तयारी पूरा भएको नेकपाले जनाएको छ ।
लप्सीफेदीबाट सुरु हुने कार्यक्रमको उद्घाटन नेकपा स्थायी समिति सदस्य शिलुले गर्नेछन् । सो उद्घाटनलाई प्रभावकारी बनाउन असोज ४ गते बिहान ११ बजे गौशाला चोकबाट भटभटेसहितको जुलुस लप्सीफेदी जाने र १२ उद्घाटन हुने जानकारी नेता कृतिले दिएका छन् । कार्यक्रममा सामना परिवार सहभागी हुने जनाइएको छ ।